३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरुण तरेर धनकुटा पुग्यो एमालेको संकल्प यात्रा



अ+ अ-

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा धनकुटा प्रवेश गरेको छ । बैतडीको महाकाली नदी किनार झुलाघाटबाट यात्रा सुरु भएको १५ औँ दिन यात्रा पूर्वको अरुण तरेर धनकुटा प्रवेश गरेको हो ।

बिहीबार बिहान भोजपुरबाट सुरु भएको यात्रा धनकुटा प्रवेश गरेको छ । अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाघाटमा संकल्प यात्रालाई स्वागत गरिएको छ ।

संकल्प यात्रामा सहभागीलाई स्वागत गर्न अरुण नदी किनारमा ठुलो सङ्ख्यामा पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको छ । आफ्नो जातीय पहिचान सहितको पोसाकमा नेताहरूलाई स्वगत गर्न स्थानीय भेला हुनुभएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।