२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताउनु भयो । उहाँले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताउनु भयो । उहाँले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन । हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाई र गगन दाईको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’

सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गर्नुभयो ।