• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

स्वस्तिमा खड्का र अर्पण थापा स्टारर ‘चिसो मान्छेको’ सुटिङ प्याकअप



काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’को सुटिङ प्याकअप भएको छ । 

फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु गरिएको फिल्मको छायांकन शनिबार बझाङ पुगेर सकिएको हो । क्यामेरा ‘अन’ भएको २७ दिनमा फिल्मको सुटिङ प्याकअप भएको फिल्मका निर्देशक दीपेन्द्र के. खनालले बताए । 

फिल्ममा अनुभवी कलाकारहरु भएका कारण समयमै छायांकन सकिएको उनी बताउँछन् ।

केही समयपहिले चर्चामा रहेको फिल्म ‘आमा’की निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापासँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

फिल्मको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंले गरेका छन् । उनले फिल्म सोचेको जस्तै बनेको पनि बताएका छन् । 

कोरोना महामारीका बेला झेल्नुपरेको लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथालाई फिल्ममा प्रस्तुत गरिनेछ । फिल्मलाई आउँदो भदौ ११ गते प्रदर्शनमा ल्याइने बताइएको छ ।