• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने



काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। मङ्गलवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ।

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो। सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एप मार्फत सजिलै हेर्न सकिने छ।

निकेश खड्का निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो।

यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’ जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन्। सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन्। एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

‘चपली हाइट ३’ हेर्न रु २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।