४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर

मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

आयोगले साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेकोले यसरी साविकमा फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न भएको भन्दै उनिहरु बिरुद्ध अभियोग पत्र दायर गरेको हो ।

आयोगको बिज्ञप्तिमा भनिएको छ-

जिल्ला कैलाली, साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेकोले यसरी साविकमा फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिहरुसमेतलाई कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली नायब सुब्बा अग्नी बहादुर शाहीले साविक नारायणपुर गा.वि.स. वडा नं. ८ को फिल्डबुकमा बि.सं. २०२१ सालमा जंगल जनिइसकेको कित्ता नं. १३९ बाट कित्ताकाट भई जंगल नै कायम रहेको कित्ता नं. ३५१ को क्षेत्रफल २७-१४-१७ ज.वि. सरकारी सार्वजनिक जग्गामध्येबाट कित्ताकाट गरी स्रेस्ता पूर्जा कायम गराउने उद्देश्यका साथ फिल्ड प्रतिवेदन तथा कित्ताकाटको लागि नापी कार्यालय, टीकापुरलाई पत्राचार गरी नापी कार्यालय टीकापुरबाट उक्त कित्ता नं. ३५१ को क्षेत्रफल २७-१४-१७ ज.बि.बाट कित्ताकाट गरी/गराई कायम कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.वि. जग्गा व्यक्तिको नाममा जग्गाधनी स्रेस्ता पूर्जा बनाउन निर्णयार्थ टिप्पणी उठान गरी सदर/निर्णय गरी हकभोगको जग्गा भन्ने बनाई गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि हुन आई आ.व. २०८०/२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित रु.२४,०६,६९,०००।- सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरु मोहन स्नेही रसाईली र अग्नी बहादुर शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा ऐ.ऐ.ऐनको दफा १२ बमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई बिगो रु. २४,०६,६९,०००।– (चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन साथै ऐ.ऐ. ऐनको दफा १२ बमोजिम कैद र जरिवानासमेत हुन मागदाबी लिइएको छ।

नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द सर्भेक्षक दशरथ मण्डलले उक्त जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी सो जग्गा हकभोगको हो भन्ने व्यहोराको प्रतिवेदन पेश गरी सोही प्रतिवेदनको आधारमा कित्ताकाट आदेश दिई साविक जंगल जनिएको कित्ता नं. ३५१ बाट कित्ताकाट गरी कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. कायम गरी/गराई साविकमा जंगलको नाममा रही कित्ताकाट हुँदै जंगलकै नाममा कायम रहेको भन्ने विषयको अभिलेख कहीकतै उल्लेख नगरी उक्त जग्गा कित्ताकाटको पत्र दस्तखत गरी मालपोत कार्यालयमा पत्रचार गरेको र सोही नापी कार्यालय टीकापुरबाट प्राप्त कित्ताकाट पत्र, नक्सा, प्लट रजिष्टर उतारलाई आधार बनाई मालपोत कार्यालय, टीकापुरबाट उक्त जग्गा गैरकानूनी तवरबाट विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावलको संयुक्त नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई हकहस्तान्तरण भएको पुष्टि हुन आएको हुँदा निजहरु नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर भएकोले निजलाई आ.व. २०८०/२०८१ को मालपोत कार्यालय, टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित रु.२४,०६,६९,०००।- (चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन मागदावी लिइएको छ।

साविक नारायणपुर८ को कित्ता नं. ९०८ को जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र बिमल बहादुर रावलले आफ्नो नाममा रहेका साविक नारायणपुर ८ को कित्ता नं. १६० र किता नं. १६१ को बिचमा रहेको फिल्डबुकमा जंगल जनिईसकेको कित्ता नं. १६२ बाट कित्ताकाट भई जंगलकै नाममा कायम भएको कित्ता नं. ३५१ मध्येको केही भाग जग्गा आफूखुशी भोग गरी उक्त भोगकै आधारमा हकदावी लिई बिना प्रमाण जग्गाधनी पूर्जा पाउँ भनी मालपोत कार्यालय, टीकापुरमा निवेदन दिई मालपोत कार्यालय र नापी कार्यालय, टीकापुरका प्रमुख तथा कर्मचारीहरुसँग मिलेमतो गरी जंगलको नाममा कायम रहेको कित्ता नं. ३५१ को क्षेत्रफल २७-१४-१७ ज.बि.बाट कित्ताकाट गराई कित्ता नं. ९०८ (१५-०-० ज.बि.क्षेत्रफल) को फिल्डबुकमा जंगल जनिइसकेको सरकारी सार्वजनिक जग्गा गैरकानूनी तवरले आफ्नो नाममा कायम गराई संयुक्त जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई उक्त सरकारी सार्वजनिक जग्गा भोग गरिरहेको पुष्टि हुन आएकोले निजहरु विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल विमल बहादुर रावलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुरको ऐ.ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्था भए बमोजिम मतियारको कसुर पुष्टि भएको हुँदा रु.२४,०६,६९,०००।- (चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुन साथै निजहरुले गैरकानूनी तवरले प्राप्त गरेको साविकमा जंगलको नाममा रहेको उक्त जग्गा समेत जंगलकै नाउँमा यथावत कायम गर्ने गरी निजहरुको भोग हटाउनेसमेत आदेश हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
नरहरि घिमिरे