२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित

प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित
तस्बिर : प्रदीपराज वन्त/रासस
अ अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीचको राजनीतिक इगोका कारण संसद् बैठक अनिश्चित बनेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भनिए पछि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा नै बस्छ कि बस्दैन भन्ने अवस्था छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अबरुद्ध गर्दै आएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । तर छानबिन समिति गठन गर्दा समर्थ सहकारीको छानबिन हुनुपर्ने सत्तारुढ दलको अडान र लामिछाने केन्द्रीत नै समिति बनाउनुपर्ने कांग्रेसको हठका कारण संसद् चल्न सक्ने अवस्था छैन ।

गृहमन्त्री लामिछानेले आफूले एक पटक संसद्मा बोल्न पाए छानबिनको कुरा नै नउठ्ने भन्दै आएका थिए । उनलाई हिजो संसद्मा बोल्ने अवसर मिल्यो । तर यो विषय झन् जटिल बन्यो । कांग्रेसले न सहकारी ठगी छानबिनको कुरा छाडेको छ न त रविले आफ्नो अडान छाडेका छन् ।

गृहमन्त्री रवि लामिछानेले संसद्मा उभिएर स्पष्टीकरण दिए पनि नेपाली कांग्रेसले आजको बैठक चल्न नदिने घोषणा गरेको छ ।
बजेट अधिवेशन सुरु भएकै दिनदेखि नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले उनीमाथि छानविनका लागि संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै आएको छ ।

लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको तर कांग्रेसले आफूमाथि पूर्वाग्रह साँधेको र गुनासो गरेका छन् । साथै अन्य सांसदहरुको पनि मिडियामा समाचार आएको भन्दै उनीहरुमाथि पनि व्यक्तिकेन्द्रित छानविन गर्न लामिछानेले चुनौती दिएका छन् ।

गृहमन्त्री लामिछानेको जवाफपछि नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानविनका लागि समिति नबनेसम्म कांग्रेसले सोमबारको बैठक पनि चल्न नदिने बताए ।

सोमबार बिहान ११ बजे बोलाइएको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने कार्यसूची छ । तर, रविमाथि छानविन समिति नबने सो बैठक पनि चल्न नदिने महामन्त्री थापाले बताए ।

गृहमन्त्री लामिछानेले संसदीय छानविन समिति गठनमा आफू तयार भएको तर, त्यसको कार्यक्षेत्र कस्तो तोक्ने भन्नेमा रास्वपाको कुनै अवरोध नहुने बताएका छन् । उनले प्रमुख तलहरु मिलेर समितिको अधिकार क्षेत्र तोक्दा आफूलाई फरक नपर्ने बताएका छन् ।

अब सोमबार बिहान ११ बजे अघि नै समिति गठन गरिसक्न कांग्रेसले सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।