४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि



अ+ अ-

काठमाडौँ । यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । गएराति भएको निर्णायक खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले लगातार चौंथो सिजन उपाधिमाथि कब्जा गर्यो ।

घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टहामका मोहम्मद कुडुसले एक गोल फर्काए ।

सिटीले ३८ खेलमा ९१ अंक जोड्यो । अर्कोतर्फ आर्सनलले एभर्टनलाई पराजित गरेपनि दोस्रो स्थानमा रह्यो । आर्सनलले ८९ अंक जोड्यो ।

सिटीको यो समग्रमा आठौं प्रिमियर लिग उपाधि हो । उसले २०११, २०१३, २०१७, २०१८, २०२०, २०२१, २०२२, २०२३ गरी आठ पटक उपाधि जितेको छ ।