३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन ट्रोलको शिकार बनिरहेकी छन् ‘हिरामन्डी’की शर्मिन ?



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीकी भाञ्जी शर्मिन सेगल उनको सिरिज ‘हिरामन्डी’ मा महत्वपूर्ण भूमिकामा देखिएकी छिन् । यस सिरिजमा शर्मिन सेगलका अलावा मनिषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डा मुख्य भूमिकामा छन् ।

शोका बाँकी कलाकारले दर्शकको अथाह माया पाइरहेका छन् भने शर्मिन सेगल भने लगातार ट्रोलिङको सामना गरिरहेकी छिन् । अब उनको प्रतिरक्षामा शोकी कास्टिङ डाइरेक्टर श्रुति महाजन अगाडि आएकी छिन् ।

हिरामन्डीले दर्शकको अथाह माया पाइरहेको छ भने केही यस्ता पनि दर्शक छन् जसले सञ्जय लीला भन्सालीको यो सिरिजलाई पटक्कै मन पराएका छैनन् । सिरिजमा आलमजेबको भूमिकामा देखिएकी शर्मिन सेगल लगातार ट्रोल भइरहेकी छन् ।

यसैबीच उनको प्रतिरक्षामा शोका कास्टिङ डाइरेक्टर श्रुतिले भनिन्, ‘शर्मिन सेगलको अभिनयलाई धेरैले रुचाएका छन् । उनीहरुलाई शर्मिनको स्वर पनि मन परेको छ ।’

श्रुतिले आफ्नो कुरा जारी राख्दै भनिन्, ‘केहीले भनेका छन् कि उनी गणिकाको दुनियाँको हिस्सा होइनन्, त्यसमा के हानि छ । ‘आलमजेब’ आफूलाई वेश्या मान्दैनन् । त्यसैले उनको बोलीको लय पनि अन्य पात्रभन्दा फरक छ ।’

श्रुतिले यसअघि पनि सञ्जय लीला भन्सालीसँग काम गरिसकेकी छिन् । श्रुति भन्छिन्, ‘जसरी अरु कलाकारले अडिसन दिएका थिए त्यसरी नै शर्मिनले पनि अडिसन दिएकी हुन् । उनी सञ्जय लीला भन्सालीकी भान्जी हुन्, त्यसैले उनलाई त्यो भूमिका दिइएन ।’

शर्मिन ‘हिरामन्डी’ मा मनिषा कोइरालाकी छोरीको भूमिकामा देखिएकी छन् । सिरिजका अन्य कलाकारहरु पनि शर्मिनकोको पक्षमा बयान दिने गरेको देखिन्छ । अदिति राव हैदरीले हालै शर्मिनलाई यसरी ट्रोल भएको देखेर आफूलाई नराम्रो लागेको बताएकी छन् ।