१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान



अ+ अ-

काठमाण्डौ । नीजि क्षेत्रबाट सञ्चालित व्यवसायीक पत्रकारिता प्रशिक्षण संस्था ‘मिडिया प्वाइन्ट’ले वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान—२०८१’ प्रदान गरेको छ ।

मिडिया प्वाइन्टको २८ औं वार्षिकोत्सवका अवसरमा टक्सार मासिक पत्रिकाका प्रधान सम्पादक रहेका बुढाथोकीलाई १५ हजार ५५५ रुपैयाँ राशीसहित सो सम्मान प्रदान गरिएको हो ।

मिडिया प्वाइन्टका संस्थापक एवम् राष्ट्रिय समाचार समितिका पुर्व महाप्रवन्धक एवम् अर्का संस्थापक अर्जुन बिष्ट वरिष्ठ पत्रकार बुढाथोकीको निवास कपनमै पुगेर आइतबार सो सम्मान प्रदान गर्नुभयो ।
मिडिया प्वाइन्टको पहिलो समूहका प्रशिक्षार्थी एवम् वरिष्ठ पत्रकार बलराम प्यासीको संयोजनमा भएको सम्मान प्रदान कार्यक्रममा पहिलो समूहका पत्रकारहरु इशुजङ्ग कार्की, किशोर बस्नेत, शिवभक्त सैंजु पनि सहभागी थिए ।

राष्ट्रिय पत्रकारिता पुरस्कार लगायत स्वदेशी तथा विदेशी विभिन्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भईसकेका वरिष्ठ पत्रकार बुढाथोकीले नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिक लगायतका पत्रिकाहरुमा झण्डै तीन दशक पत्रकारिता गरिसकेका छन् ।

२०६५ साल असोज १० गते मोटरसाइकल दुर्घटनामा घाइते भएदेखि उनी ह्विलचियरमै बसेर अहिलेपनि सकृय पत्रकारिता गर्दै आएका छन् । २०५३ जेठ गतेदेखि पत्रकारिता कक्षा शुरुवात गरेको मिडिया प्वाइन्टले सो दिनलाई वार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।

यसअघि लगातार पाँच वर्षसम्म कृयाशिल पत्रकारलाई ५ हजार ५५५ रुपैयाँ राशीको मिडिया प्वाइन्ट पत्रकारिता पुरस्कार दिने गरिएता पनि विगत केही वर्षको अन्तरालपछि पहिलो पटक वरिष्ठ पत्रकार बुढाथोकीलाई १५ हजार ५५५ रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।