२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक

रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक
file photo
अ अ+ अ-

काठमाडौं । भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखेपछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले आइतबारको संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि आफूहरुलाई सभामुखले बोल्ने समय नदिएकोबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको हिजोको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

महामन्त्री गगन थापाले आज बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताइसकेका छन् ।