१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक



file photo
अ+ अ-

काठमाडौं । भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखेपछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।

कांग्रेसले आइतबारको संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि आफूहरुलाई सभामुखले बोल्ने समय नदिएकोबारे पनि छलफल हुने एक नेताले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको हिजोको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

महामन्त्री गगन थापाले आज बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताइसकेका छन् ।