७ श्रावण २०८३, बिहीबार
,
Latest
नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । राति १०ः३० बजे करिब साढे तीन घण्टा ढिलो टस भएपनि खेल सञ्चालन हुन सकेन । यस्तो अवस्थामा दुवै टोलीले एक–एक अंक पाएका छन् ।

यी अंकसहित कोलकाता (२० अंक) पहिलो र राजस्थान (१७ अंक) तेस्रो स्थानमा छ । यस्तो अवस्थामा क्वालिफायर–१ कोलकाता र हैदरावादबीच मे २१ मा अहमदाबादमा खेलिनेछ । यही मैदानमा मे २२ मा राजस्थान र बैंगलोरबीच एलिमिनेटर खेल हुनेछ ।

आइतबार सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गर्यो । यो जितसँगै हैदरावाद शीर्ष २ मा पुगेको छ ।