४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
अ+ अ-

काठमाडौँ : छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई)  कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम  चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज यहाँ  ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास  प्रयासमा सँगै संलग्न हुनका लागि  चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय  गरिसकिएको जानकारी दिनुभयो । अर्काे एक प्रसङ्गमा उहाँले भन्नुभयो, “नेपाल चीनसँग कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, सूचना र सञ्चार प्रविधि तथा जनता जनताबिचको सम्बन्धलगायत महत्त्वपूर्ण क्षेत्रमा फराकिलो र गहिरो सहयोगका लागि प्रतिबद्ध छ ।”

नेपाली व्यापारीहरू चीनमा आफ्नो बजार खोज्न उत्सुक रहेकाले चीनबाट यसमा उच्चस्तरको सहयोग गरिने विश्वास व्यक्त गर्दै उहाँले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा ठूलो स्रोत देश चीनको नेपालमा हुने लगानीमा पनि नेपालले आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२५ सफल पार्न दुवै देशमा परिणामुखी संयुक्त गतिविधि गर्न पनि आग्रह गर्नुभयो ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनले एकापसमा विश्वास र सम्मान गर्ने तथा दुवैले आपसी चासोमा सहयोग गर्ने गरेको बताउँदै नेपालको ठूलो लगानीकर्ता र दोस्रो ठूलो व्यापारिक साझेदार चीनले दुवै देशका १४ नाका खोल्न लागेको जानकारी  दिनुभयो ।

कार्यक्रममा नेपाली राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसकी नेत्री तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, नेकपा (एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा विक्रम तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावती, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पूर्वराजदूत प्रमेश हमाल, नेकपा (माले) का महासचिव सिपी मैनाली र राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा उच्चस्तरका पदाधिकारीहरूबाट दुवै देशका भ्रमणका क्रममा भएका सन्धिसम्झौता एवं समझदारीहरू छिटो कार्यान्वयन गर्न र सम्पन्न गर्न तथा ढिला भएका परियोजना छिटो पूरा गर्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल चीनसम्बन्धी सामाजिक संस्थाका प्रतिनिधिमध्ये अरनिको समाजका डा उर्मिला शाक्य, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का डा हरिशचन्द्र साह, वल्र्ड कल्चर नेटका दीपक सरकार, नेपाल चाइना एक्जेक्युटिभ काउन्सिलका शङ्कर पाण्डे, चीन अध्ययन केन्द्रका प्रा डा मोहन लोहनी, ट्रान्स हिमालय फ्रेन्डसिप एसोसिएसनका आनन्द्रप्रसाद पोखरेल, नेपाल चाइना फ्रेन्डस अफ क्लाउड ग्यादरिङका तारा बस्याल, फुदान एल्मुनाई एसोसिएसनका डा सरोज धिताल र नेपाल चाइना मिडिया फोरमका किशोर श्रेष्ठले बिआरआई परियोजना छिट्टै पहिचान गरेर कार्यान्वयनमा लैजान, दुई देशबीच व्यापार सन्तुलन कायम गर्न, सांस्कृतिक आदानप्रदान गर्न, जनता जनताबीचको सम्बन्ध वृद्धि गर्न, दुवै देशका विशेष नाम र शब्द तथा बौद्ध धर्मदर्शनबारेको बुझाइमा एकरूपता दिन, दुवै देशका सम्बन्धबारे सकारात्मक समाचार दिएर प्रेरणा जगाउन तथा लगानीमैत्री वातावरण प्रदान गर्नका लागि प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल–चीन मैत्री मञ्चका  अध्यक्ष डा कल्याणराज शर्माले गोष्ठीमा सहजीकरण गर्नुभएको थियो । रासस