२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको समृद्धिको लागि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो आउँदै, यस्तो छ तयारी



अ+ अ-

रामेछाप । नेकपा एमालेले गत मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप आइपुग्दै छ ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज साँझ रामेछाप आइपुग्न लागेको हो ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो । संकल्प यात्राको टोली आज रामेछापको लागि काभ्रेको धुलिखेलबाट हिँडेको छ ।

धुलिखेलबाट सुरु भएको यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो आज दोलखाको चरिकोटमा दिउँसो सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको टोली मन्थली आउने सोमबार बिहान पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार आज साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम सहितको सभा अपराह्न चार बजेबाट सुरु हुने छ । अभियानको टोलीलाई स्वागत गर्न जिल्लका नेताहरू रामेछाप र दोलखाको सिमाना मिल्ती खोला पुग्ने कार्यक्रम रहेको छ । त्यहाँबाट आएको टोलीलाई रामेछापको खिम्तीमा स्वागत कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

बेलुकाको बास मन्थलीमा नै हुने छ । यस पटक केन्द्रीय नेताहरूलाई सकेसम्म नेता कार्यकर्ताकै घरमा बास राख्ने योजना बनाइ सोही अनुसारको तयारी गरिएको श्रेष्ठले बताउनुभयो । ‘अटेसम्म नेता, कार्यकर्ताको घरमा बास राख्छौँ, नअटेकालाई मात्र होटेलमा राख्ने व्यवस्था मिलाएका छौँ, यसबाट नेता, कार्यकर्ता बिचको सामिप्यता बढ्ने विश्वास लिएका छौँ’, श्रेष्ठले भन्नुभयो ।
मंगलबार बिहान भने सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा राखिएको छ । त्यस पछि अभियान कोशी प्रदेश तर्फ अघि बढ्ने छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।




भर्खरै