८ आश्विन २०८१, मंगलवार
,
Latest
महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनावः निर्माण व्यवसायीले घेरे पदाधिकारी, समस्याको कारक सदस्य सचिव लामा भएको आरोप प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल बिक्री भएको होइन, बिक्रीको नाटक मात्रः राजेन्द्र पाण्डे



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री एक नाटक मात्र भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने ‘यो बिक्री हो जस्तो लाग्दैन, बिक्रीको नाटक मात्र हो । पहिले नै श्रीमतीको नाममा २० प्रतिशत थियो, श्रीमानको नाममा अर्को कम्पनी खडा गरेर ८० प्रतिशत आयो यस्ता खालको काम भएका छन्, यो नाटक हो, यसमा ध्यान पुर्याउन जरुरी छ ।’

पूर्वमुख्यमन्त्री पाण्डेले एनसेलको विषय गम्भीर र भयावह भएको भन्दै यसबारे ध्यान दिनुपर्ने बताए ।