११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्घीयताले देश समृद्ध हुँदै गएको छ’



अ+ अ-

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले घोराहीमा आज पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताउनुभयो । पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाउनुभयो ।

“भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हँुदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन”– उहाँले भन्नुभयो ।

एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताउनुभयो ।