४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती
अ+ अ-

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।

“प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भन्नुभयो, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताउनुभयो । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन । उहाँका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ ।

ड्रागनखेतीका लागि रु ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ । “शुरुआतमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ”, प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भन्नुभयो, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३०० भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । स्वास्थ्यबद्र्धक मानिएको ड्रागनबाट धेरै फाइदा हुने बताइएको छ ।