८ आश्विन २०८१, मंगलवार
,
Latest
चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्लिक क्याम्पस सङ्घ तनहुँमा आले निर्वाचित



अ+ अ-

तनहुँ । नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा भीमादस्थित जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आले सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उहाँका अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएका हो ।

सङ्घको उपाध्यक्षमा सिकेबिके कलेजका अध्यक्ष इन्द्रबहादुर कुँवर, सचिवमा आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घका सभापति विजयराज खनाल, कोषाध्यक्षमा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, सहसचिवमा तनहुँ शारदा कलेजका प्राध्यापक सङ्घका सभापति गोविन्दप्रसाद भट्टराई चयन हुनुभएको छ । 

त्यस्तै सदस्यमा पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका प्रमुख रवीन्द्रराज जोशी, बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र प्राध्यापक सङ्घका सभापति गोवद्र्धन भट्टराई, शहीद कृष्ण क्याम्पसका प्रमुख हरि लामिछाने र भानुभक्त बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका सभापति निरोज भट्टराई चयन हुनुभएको छ ।

अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा आदिकवि भानुभक्त क्याम्पसका सञ्चालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, आँबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष वंशीराम प्रधान र त्रिभुवन क्याम्पसका सञ्चालन समितिका अध्यक्ष टेकबहादुर गुरुङ रहनु भएको छ ।

अधिवेशनले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै चैत २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई सामुदायिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने निर्णय भएको छ । 

अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीयस्तरमा स्थापित सामुदायिक क्याम्पसहरुले शिक्षा क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय तहहरुले सामुदायिक क्याम्पसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसले भोगिरहेका समस्या उजागर गर्दै सामुदायिक क्याम्पसको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सामुदायिक क्याम्पसका समस्या समाधानका लागि स्थानीय तह तयार रहेको बताउनुभयो । नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसमा सरकारको उदासिनता रहेको गुनासो गर्नुभयो । 

नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश सदस्य मुक्ति रेग्मीले नेपालको करिब ४० प्रतिशत उच्च शिक्षा धानेको सामुदायिक क्याम्पसप्रति राज्यले आफ्नो दायित्व र जिम्मेवारी बढाउनुपर्नेमा जोड दिनुभयो ।