४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पब्लिक क्याम्पस सङ्घ तनहुँमा आले निर्वाचित

पब्लिक क्याम्पस सङ्घ तनहुँमा आले निर्वाचित
अ+ अ-

तनहुँ । नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा भीमादस्थित जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आले सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उहाँका अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएका हो ।

सङ्घको उपाध्यक्षमा सिकेबिके कलेजका अध्यक्ष इन्द्रबहादुर कुँवर, सचिवमा आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घका सभापति विजयराज खनाल, कोषाध्यक्षमा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, सहसचिवमा तनहुँ शारदा कलेजका प्राध्यापक सङ्घका सभापति गोविन्दप्रसाद भट्टराई चयन हुनुभएको छ । 

त्यस्तै सदस्यमा पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका प्रमुख रवीन्द्रराज जोशी, बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र प्राध्यापक सङ्घका सभापति गोवद्र्धन भट्टराई, शहीद कृष्ण क्याम्पसका प्रमुख हरि लामिछाने र भानुभक्त बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका सभापति निरोज भट्टराई चयन हुनुभएको छ ।

अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा आदिकवि भानुभक्त क्याम्पसका सञ्चालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, आँबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष वंशीराम प्रधान र त्रिभुवन क्याम्पसका सञ्चालन समितिका अध्यक्ष टेकबहादुर गुरुङ रहनु भएको छ ।

अधिवेशनले सामुदायिक क्याम्पसको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै चैत २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई सामुदायिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने निर्णय भएको छ । 

अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीयस्तरमा स्थापित सामुदायिक क्याम्पसहरुले शिक्षा क्षेत्रमा महत्वूर्ण योगदान पु¥याएको बताउँदै स्थानीय तहहरुले सामुदायिक क्याम्पसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसले भोगिरहेका समस्या उजागर गर्दै सामुदायिक क्याम्पसको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले सामुदायिक क्याम्पसका समस्या समाधानका लागि स्थानीय तह तयार रहेको बताउनुभयो । नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसमा सरकारको उदासिनता रहेको गुनासो गर्नुभयो । 

नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश सदस्य मुक्ति रेग्मीले नेपालको करिब ४० प्रतिशत उच्च शिक्षा धानेको सामुदायिक क्याम्पसप्रति राज्यले आफ्नो दायित्व र जिम्मेवारी बढाउनुपर्नेमा जोड दिनुभयो ।