४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्टेडियममा खचाखच दर्शक भरिएलान्, समर्थन एकतर्फि रहेपनि हामी भारतसँग खेल्नका लागि आतुर छौं’



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाले बिहीबार विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आठौं पटक फाइनलमा प्रवेश गरेको छ । यसैबीच अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो टोली भारतविरुद्धको फाइनलको प्रतिक्षामा रहेको बताएका छन् ।

विश्वकप २०२३ को फाइनल खेल भारत र अस्ट्रेलियाबीच १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यो खेल हेर्न १ लाख ३० हजारभन्दा बढी दर्शक स्टेडियममा पुग्नेछन् । सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत चौथो पटक फाइनलमा प्रवेश गरेको छ ।

कप्तान प्याट कमिन्सले भने, ‘रंगशाला दर्शकले खचाखच भरिनेछ । सायद दर्शकको समर्थन एकतर्फी हुनेछ तर हामी यसको आनन्द उठाउनेछौँ । हाम्रा लागि राम्रो कुरा के हो भने हाम्रा केही खेलाडी यसअघि पनि फाइनलमा पुगेका छन् । २०१५ को विश्वकप हाम्रो करियरको हाइलाइट थियो, त्यसैले अब हामीले भारतमा फाइनल खेल्नुपर्छ, जसका लागि हामी उत्सुक छौं ।’

कमिन्सले आफ्नो टोलीले आफ्नो फिल्डिङ स्तरमा निकै सुधार गरेको पनि बताए । कमिन्सले भने, ‘हामीले यसबारे धेरै कुरा गर्यौं । प्रतियोगिताको सुरुमा हाम्रो फिल्डिङ अलि खराब थियो । डेभिड वार्नर ३७ वर्षको उमेरमा पनि डाइभिङ गरेको देख्न सकिन्छ । हामीले धेरै सुधार गरेका छौं ।’