२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राप्रपा नेपालको पोखरामा सभा, कमल थापाले सम्बोधन गर्ने



अ+ अ-

पोखरा । राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ ।

उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् । राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। २०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य , र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ।