६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम वीरगञ्ज गोल्डकप: त्रिभुवन आर्मी क्लब फाइनलमा



अ+ अ-

काठमाडौं । त्रिभुवन आर्मी क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप २०८० को फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सङ्कटा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको २२औँ मिनेटमा आर्मीका रिपु भुलनले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

त्यसपछि दुवैतर्फबाट भएका प्रहार रक्षापङ्क्तिका खेलाडीले जोगाएका थिए । आजको खेलमा निर्णायक गोल गरेका आर्मीका भुलन प्लेयर अफ दी म्याच घोषित भएका छन् । उनले क्वेस्ट फर्मास्युटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे ।

अब आर्मी क्लबले कात्तिक २५ गते हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्ने आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए ।

मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको जारी ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ मा प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआइ नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको छ ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद रु ११ लाख ११ हजार एक सय ११ र उपविजेता टिमलाई नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिने छ ।

त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद रु १० हजार, विधागततर्फ उत्कृष्ट हुने खेलाडी जनही रु २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।