२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड



अ+ अ-

काठमाडौँ। इराकी प्रधानमन्त्री अलि अल–जैदी र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच आईतवार इराकको राजधानी बग्दादमा उच्चस्तरीय भेटवार्ता भएको छ ।

उक्त अवसरमा दुई नेताबीच द्विपक्षीय सहयोग सुदृढ गर्ने र क्षेत्रीय स्थिरता प्रवद्र्धन गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री अल–जैदीको सचिवालयले जनाएको छ ।

दुवै देशका मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको उक्त बैठक आर्थिक, राजनीतिक र सुरक्षा क्षेत्रमा आपसी सम्बन्ध विस्तार गर्न केन्द्रित थियो ।

भेटका क्रममा प्रधानमन्त्री अल–जैदीले इराक र लेबनानबीचको ऐतिहासिक र प्रगाढ सम्बन्धमाथि प्रकाश पार्नुभयो । उहाँले विभिन्न विकासका क्षेत्रहरूमा फलदायी आर्थिक साझेदारी निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

साथै, क्षेत्रीय चुनौतीहरूको सामना गर्न, विद्यमान तनाव कम गर्न र जारी द्वन्द्वहरू अन्त्यका लागि दुई देशबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लेबनानी प्रधानमन्त्री सलाम एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतवार नै बग्दाद आइपुग्नुभएको हो । पछिल्लो समय अमेरिका र इरानबीच भएको हवाई हमला र लाल सागरमा यमनको हुथी विद्रोही र साउदी अरब संलग्न नयाँ मोर्चाको उदयका कारण बढेको क्षेत्रीय तनावका बीच यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल