२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष  भलिबल  च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

पाकिस्तानले पहिलो सेट २५–१४ अङ्कले तथा दोस्रो सेट २५–१८ अङ्कले जित्यो । खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अङ्कले जित्यो । नेपालले अब यही साउन १० गते बङ्गलादेशसँग खेल्ने छ ।

उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । रासस