८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन

साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन
अ+ अ-

काठमाडौँ। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको सोमवार चितवनस्थित प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा श्रद्धालुहरूको उपस्थिति न्युन देखिएको छ ।

भगवान शिवको प्रिय महिना मानिने साउनमा नदी स्नान, पूजन र तीर्थाटनको विशेष धार्मिक एवं आध्यात्मिक महत्व रहेको शास्त्रहरूमा उल्लेख छ ।

धार्मिक मान्यताअनुसार साउन महिनामा पवित्र नदीहरूमा स्नान गरी शिवजीलाई जल अर्पण गर्दा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । देवघाटलाई एक पुण्य क्षेत्रका रूपमा लिइने हुनाले यहाँ हरेक वर्ष हजारौँको संख्यामा भक्तजनहरू स्नानका लागि आउने गर्दछन् ।

शास्त्रहरूमा ‘नदी तीर्थे कमा दानम्’ अर्थात् नदी किनारमा गरिने स्नान र दानले मानिसलाई कर्मबन्धनबाट मुक्त गराउने उल्लेख गरिएको छ ।

यद्यपि, यस वर्ष विगतका वर्षहरूको तुलनामा देवघाटमा भक्तजनहरूको उपस्थितिमा केही कमी देखिएको स्थानीय बताउनु हुन्छ । अघिल्ला वर्षहरूमा साउनको शुरुवाती सोमवारदेखि नै श्रद्धालुहरूको व्यापक घुइँचो हुने गरेकोमा यस पटक भने त्यो स्तरको जनसहभागिता नदेखिएको स्थानीय जानकारहरू बताउँछन् ।

साउन महिनाका दुईवटा सोमवार व्यतित भइसकेका छन् भने अब दुईवटा सोमवार बाँकी नै रहेकाले आगामी दिनमा भक्तजनको संख्या बढ्न सक्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय सञ्चार माध्यमहरूको विकासले गर्दा घरघरमै बसेर तीर्थस्थलहरूको महिमा र जानकारी प्राप्त गर्न सहज भएपनि प्रत्यक्ष तीर्थाटनको आफ्नै विशिष्ट महत्व रहेको छ । शास्त्रले तीर्थस्थलमा पाइला टेक्नुलाई मात्रै पनि पुण्य र मुक्तिको मार्ग मानेको सन्दर्भमा भक्तजनहरू गेरुवस्त्र धारण गरी देवघाट पुग्ने क्रम जारी छ ।

नदीमा स्नान गर्ने र पवित्र स्थलको दर्शन गर्ने परम्परालाई धर्मशास्त्रले अटल सत्यका रूपमा व्याख्या गरेको छ । प्रतिकूल मौसम वा अन्य कारणले केही भक्तजनको उपस्थितिमा कमी देखिएपनि देवघाटको धार्मिक गरिमा र साउन महिनाको महिमाप्रति जनविश्वास भने यथावत रहेको छ । –न्युज एजेन्सी नेपाल