१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन



अ+ अ-

दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ।

उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिएका छन्।

असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। दाङको कम्युनिस्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए। उनको निधनले दाङको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा अध्यक्ष आचार्यले व्यक्त गरे।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीका अनुसार नेता बस्नेतको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ। उनको आजै शीतलपुरस्थित बबई नदीको घाटमा अन्त्येष्टि गरिने बताइएको छ।