१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो



अ+ अ-

मकवानपुर। साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ।

हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको छ।

हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्र लगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन्। हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने गरेको भुवनेश्वर पशुपति मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिएका छन्।

साउनको दोस्रो सोमबार भएका कारण आज बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीहरू लामबद्ध बनी पूजाआजामा सहभागी बनेका छन्।

दर्शनार्थीको चापसँगै मन्दिर परिसरमा बेलपत्र, फूलपत्रका साथै फलफूलको व्यापार पनि बढेको छ। साउनको सोमबार गरिने भगवान् शिवको पूजाआराधनालाई पूर्वीय धर्मशास्त्रहरूमा विशेष महत्व दिइएको छ। रासस