२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट काञ्जी हाउस सञ्चालनमा,पहिलो दिन ५ वटा बाच्छाबाच्छी लगिए



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाका विभिन्न स्थानका सार्वजनिक ठाउँबाट नगर प्रहरी बलबाट खटिएका प्रहरीहरुले बाच्छाबाच्छी संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा पुर्‍याएका छन् ।

काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन् । यस्ता वेवारिसे चौपायाको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पूरा गर्दै महानगरपालिकाले काम थालेको हो ।

सडकमा भोक लाग्दा खान नपाउने, तिर्खा लागेका बेला पानी नपाउने, रोग लाग्दा उपचार नपाउने चौपायाले अव यस्तो करुण अवस्था भोग्नु पर्दैन । सवारी दुर्घटनाको जोखिममा पर्नु पर्दैन ।

चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । हेरचाह गर्न स्थानीय २ जनालाई दैनिक ज्यालादारीमा जिम्मेवारी दिइएको छ ।
यस ठाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौँ महानगरपालिका र दक्षिणकाली नगरपालिका बिच सम्झौता भएको हो ।

सम्झौता हुनुअघि यो ठाउँमा मिलीजुली पशुपालन समूहले पशु पालन गर्दै आएको थियो । प्रदेश सरकार र दक्षिणकाली नगरको सहयोग लिएर केही टहरासहितको पूर्वाधार, त्यस क्षेत्रमा पुग्ने बाटो, बिजुली पानीलगायतका सुविधा व्यवस्था गरेर थालिएको पशुपालन कोविड लगायत समस्याबाट नियमित हुन सकेन ।

यही ठाउँको पूर्वाधार निर्माणमा लागेको खर्च फिर्ता गरेर स्थान सञ्चालन गर्ने सर्तसहित सम्झौता भएको हो । यस ठाउँमा १२६ रोपनी जमिन छ । यो जमिनमा चौपाया पालनका लागि डाले तथा भुइँ घाँस लगाउन र क्षेत्र बारेर चरन बनाउन सकिनेछ ।