२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध महिला आयोगमा उजुरी



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।

आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र ज्यान मार्ने धम्की समेत दिएको भन्दै जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् ।

कानुन व्यवसायी समेत रहेकी उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा गर्न माग गरेकी छन् ।

१९ माघ २०७४ मा आफूहरुबीच सामाजिक परम्परा अनुसार विहे भएको, त्यसपछि एकसाथ बस्दै आएको तर पछिल्लो समय पटक-पटक विवाह दर्ताका लागि अनुरोध गर्दा भण्डारीले इन्कार गरेको उजुरीमा उल्लेख छ ।