• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

बलिउड अभिनेता अक्षय कोरोना भाइरसबाट मुक्त



काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसबाट मुक्त भएका छन् । 

उनले कोरोना भाइरस संक्रमण भएको एक दिनपछि अस्पताल भर्ना भई उपचार गराएका थिए । अक्षयकी पत्नी तथा पूर्व नायिका ट्विंकल खन्नाले एक कार्टुन पोस्ट गर्दै अक्षयले कोरोना जितेको बताएकी छन् । 

केही समयअघि ‘राम सेतु’को छायाङ्कनका क्रममा कुमारलाई कोरोना पोजिटिभ देखिएको थियो । संक्रमण भएपछि उनी छुट्टै (आइशोलेसनमा) बसेका थिए । 

अक्षय कुमार संक्रमणमुक्त भएपछि घर फर्किएका छन् । हाल उनी सुरक्षित र स्वस्थ रहेको पनि खन्नाले जानकारी गराएकी छन् ।