• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ?



एजेन्सी । बलिउड अभिनेत्री यामी गौतम र आदित्य धर अभिभावक बनेका छन् । यो जोडीले अभिभावक बनेको खबर सामाजिक सञ्जालमा सेयर गरेका छन् । छोरा भएको घोषणासँगै उनले छोराको नाम पनि खुलाएका छन् । यामी र आदित्यले आफ्नो छोराको नाम ‘वेदविद’ राखेका छन्, जसको अर्थ वेद जान्ने व्यक्ति हो ।

यो भगवान विष्णुको धेरै नाम मध्ये एक हो । यो एक संस्कृत नाम हो, जो वेद र विद मिलेर बनेको हो ।

उनीहरुले पोस्टको साथ क्याप्सनमा लेखेका छन्– हामी सूर्या अस्पतालका उत्कृष्ट डाक्टरहरू, विशेष गरी डा भूपेन्द्र अवस्थी र डा रञ्जना धनुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं, जसको विशेषज्ञता र प्रयासले यो सुखद अवसर सम्भव भएको हो । आमाबुवा बन्ने यो सुन्दर यात्रामा जाँदा हामी हाम्रो छोरा ‘वेदविद’को उज्ज्वल भविष्यको कामना गर्दछौं । यस समयमा उनी हाम्रो सम्पूर्ण परिवार र राष्ट्रको गौरव बन्नेछन् भन्ने आशा र विश्वासले भरिएको छ ।’

पोस्टमा आदित्यले अक्षय तृतीयाको दिन छोराको जन्म भएको बताएका छन् । यस अनुसार उनको छोराको जन्म मे १० मा भएको थियो । उनीहरुका फ्यान र सेलिब्रेटीहरुले उनीहरुको पोस्टमा जोडीलाई बधाई दिइरहेका छन् । आयुष्मान खुराना, मृणाल ठाकुर, रणवीर सिंह र नेहा धुपिया लगायतका धेरै बलिउड सेलिब्रेटीले जोडीलाई बधाई दिएका छन् ।

यामी गौतम र आदित्य धरले कोरोनाको अवधिमा जुन ४, २०२१ मा गोप्य रूपमा विवाह गरेका थिए । विवाहको करिब ३ वर्षपछि यी जोडी अभिभावक बनेका छन् । यस बाहेक फिल्म ‘आर्टिकल ३७०’ को प्रिमियरमा यामीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । गर्भवती भए पनि उनले आफ्नो फिल्मको प्रमोशन तीव्र रुपमा गरिन् ।