२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री यामी गौतम र आदित्य धर अभिभावक बनेका छन् । यो जोडीले अभिभावक बनेको खबर सामाजिक सञ्जालमा सेयर गरेका छन् । छोरा भएको घोषणासँगै उनले छोराको नाम पनि खुलाएका छन् । यामी र आदित्यले आफ्नो छोराको नाम ‘वेदविद’ राखेका छन्, जसको अर्थ वेद जान्ने व्यक्ति हो ।

यो भगवान विष्णुको धेरै नाम मध्ये एक हो । यो एक संस्कृत नाम हो, जो वेद र विद मिलेर बनेको हो ।

उनीहरुले पोस्टको साथ क्याप्सनमा लेखेका छन्– हामी सूर्या अस्पतालका उत्कृष्ट डाक्टरहरू, विशेष गरी डा भूपेन्द्र अवस्थी र डा रञ्जना धनुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं, जसको विशेषज्ञता र प्रयासले यो सुखद अवसर सम्भव भएको हो । आमाबुवा बन्ने यो सुन्दर यात्रामा जाँदा हामी हाम्रो छोरा ‘वेदविद’को उज्ज्वल भविष्यको कामना गर्दछौं । यस समयमा उनी हाम्रो सम्पूर्ण परिवार र राष्ट्रको गौरव बन्नेछन् भन्ने आशा र विश्वासले भरिएको छ ।’

पोस्टमा आदित्यले अक्षय तृतीयाको दिन छोराको जन्म भएको बताएका छन् । यस अनुसार उनको छोराको जन्म मे १० मा भएको थियो । उनीहरुका फ्यान र सेलिब्रेटीहरुले उनीहरुको पोस्टमा जोडीलाई बधाई दिइरहेका छन् । आयुष्मान खुराना, मृणाल ठाकुर, रणवीर सिंह र नेहा धुपिया लगायतका धेरै बलिउड सेलिब्रेटीले जोडीलाई बधाई दिएका छन् ।

यामी गौतम र आदित्य धरले कोरोनाको अवधिमा जुन ४, २०२१ मा गोप्य रूपमा विवाह गरेका थिए । विवाहको करिब ३ वर्षपछि यी जोडी अभिभावक बनेका छन् । यस बाहेक फिल्म ‘आर्टिकल ३७०’ को प्रिमियरमा यामीले आफ्नो बेबी बम्प देखाएकी थिइन् । गर्भवती भए पनि उनले आफ्नो फिल्मको प्रमोशन तीव्र रुपमा गरिन् ।