२४ असार २०८३, बुधबार
,
Latest
अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ को पहिलो स्थानमा रहेर लिग चरणको अन्त्य गरेको छ । टोलीले आईपीएल इतिहासमा पहिलो पटक यस्तो गरेको हो ।

केकेआर यसअघि प्लेअफमा पुगे पनि पहिलो नम्बरमा भने पुग्न सकेको थिएन । श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाताले बलियो खेल प्रदर्शन गर्दै आफ्नो दबदबा कायम राखेको छ । अब यो टोली तेस्रो आईपीएल उपाधिको प्रतिक्षामा छ ।

कोलकाताले सन् २०१२ र २०१४ मा आईपीएल जितेको थियो । गौतम गम्भीरको कप्तानीमा यो टोलीले दुवै उपाधि जितेको थियो । गम्भीर यसपटक फेरि टोलीसँग जोडिएका छन् । उनी मेन्टरका रूपमा टोलीसँग छन् र उनको आगमनसँगै यो टोली फेरिएको छ । अब कोलकाताले तेस्रो उपाधि जित्छ कि जित्दैन त्यो हेर्न बाँकी छ ।

प्लेअफमा कोलकाताको प्रदर्शन
२०११ – यो वर्ष यो टोली पहिलो पटक प्लेअफमा पुग्यो । यो वर्ष गम्भीरले टोलीको कप्तानी सम्हालेका थिए । तर केकेआर एलिमिनेटरमा मुम्बई इन्डियन्ससँग पराजित भयो । मुम्बईले कोलकातालाई चार विकेटले पराजित गरेको थियो ।

२०१२ – यो वर्ष कोलकाताको टोली लिग चरणमा दोस्रो स्थानमा रहँदै अन्त्य भएको थियो । कोलकाताले पहिलो क्वालिफायरमा दिल्लीको सामना गरेको थियो । कोलकाताले उक्त खेल १८ रनले जितेर सिधै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा टोलीले दुई पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई पराजित गर्दै पहिलो उपाधि जितेको हो । कोलकाताको जितका नायक मानवेन्द्र बिस्ला थिए ।

२०१४ – उपाधि जितेको अर्को वर्ष अर्थात् २०१३ मा कोलकाताको टोली प्लेअफमा पुग्न सकेन । २०१४ मा, यो टोली फेरि प्लेअफ पुग्यो र यस पटक पनि टोली दोस्रो स्थानमा लिग चरण समाप्त भयो । केकेआरले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलको सीधै टिकट पाएको थियो । पञ्जाबले फेरि फाइनलमा कोलकातासँग सामना गर्‍यो र जसमा कोलकाताले पञ्जाबलाई हराउँदै दोस्रो पटक उपाधि जित्यो ।

२०१६ – केकेआर लिग चरणमा चौथो स्थानमा रहँदा उसले एलिमिनेटर खेल खेल्नुपरेको थियो । यो खेलमा केकेआरले सनराइजर्स हैदरावादको सामना गरेको थियो । यस खेलमा कोलकाता २२ रनले पराजित भएको थियो ।

२०१७ – यस वर्षको एलिमिनेटरमा कोलकाताले फेरि हैदरावादको सामना गर्यो । यस पटक पनि यी टोलीहरू एलिमिनेटरमा भिड्दै थिए र यस पटक कोलकाता विजयी भयो । तर क्वालिफायर २ मा कोलकाता मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

२०१८ – कोलकाता यस वर्ष पुनः प्लेअफमा छनोट भयो र एलिमिनेटर खेल खेल्यो । यस खेलमा टोलीले राजस्थान रोयल्सको सामना गर्यो । कोलकाताले राजस्थानलाई २५ रनले पराजित गरेको थियो । तर यसपटक दोस्रो क्वालिफायरमा यो टोली हैदरावादसँग पराजित भएको थियो ।

२०२१ – इयोन मोर्गनको कप्तानीमा रहेको कोलकाता यस वर्ष राम्रो रन रेटका कारण प्लेअफमा पुगेको थियो । केकेआरले एलिमिनेटरमा आरसीबीलाई हराएको थियो । दोस्रो क्वालिफायरमा उसले दिल्ली क्यापिटल्सको सामना गर्यो । कोलकाताले दिल्लीलाई तीन विकेटले पराजित गरेको थियो । केकेआरले फेरि फाइनलमा चेन्नईसँग सामना गर्‍यो र एमएस धोनीको कप्तानीमा चेन्नईले २०१२ को पराजयको बदला लिएर उपाधि जित्यो ।