• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक



कुशल भुर्तेल (तस्वीरः क्यान)

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यो सहित भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं अर्धशतक बनाए ।

उनीसँगै अर्का ओपनर आसिफ शेख क्रिजमा रहेका छन् । आसिफले २७ रन् बनाएका छन् । भुर्तेल र आसिफले ८४ रनको पार्टनरसिप गरिरहेका छन् ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमा विकेट नगुमाई ८४ रन जोडेको छ ।