२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्फोटक ब्याटिङ गरेका दीपेन्द्र बने म्यान अफ द म्याच



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत यूएईविरुद्ध विष्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् । छैटौं नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए ।

नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । आसिफले १६ औं ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए । त्यसपछि, दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।

जितका लागि नेपाललाई ३३ बलमा ५५ रन चाहिएको बेला मैदानमा उत्रीएका दिपेन्द्रले १५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४० बनाउदै टीमलाई जिताए । जुन म्यान अफ द म्याच साबित भयो ।

यो पनि पढ्नुहोस्ः दिपेन्द्रको बिस्फोटक ईनिङमा नेपालले युएईलाई पाँच विकेटले हरायो