२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विष्फोटक ब्याटिङ गरेका दीपेन्द्र बने म्यान अफ द म्याच



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत यूएईविरुद्ध विष्फोटक ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरी म्याच अफ द म्याच चुनिएका छन् । छैटौं नम्बरमा आएका उनले १५ बलमै ४० रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए ।

नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए । आसिफले १६ औं ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए । त्यसपछि, दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।

जितका लागि नेपाललाई ३३ बलमा ५५ रन चाहिएको बेला मैदानमा उत्रीएका दिपेन्द्रले १५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४० बनाउदै टीमलाई जिताए । जुन म्यान अफ द म्याच साबित भयो ।

यो पनि पढ्नुहोस्ः दिपेन्द्रको बिस्फोटक ईनिङमा नेपालले युएईलाई पाँच विकेटले हरायो




भर्खरै