१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी



अ+ अ-

किएभ। युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण एक जना बच्चासहित ३ जनाको मृत्यु भएको क्षेत्रीय सैन्य अधिकारीले शनिबार जानकारी दिएका छन् भने किएभले प्रति आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रक्षेपण गर्ने चेतावनी दिएको छ।

पछिल्लो समयमा मस्कोले युक्रेनका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको जनाइएको छ। किएभको उत्तरपूर्वी ब्रोभरी जिल्लामा भएको आक्रमणमा पीडितहरुको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राम मार्फत जनाएका छन्।

आक्रमणका कारण खसेको भग्नावशेषले घर तथा सवारी साधनमा क्षति पुगेको र गैरआवासीय भवनमा आगलागी भएको उनले बताएका छन्। युक्रेनको आपतकालीन सेवाले पुखिभ्का गाउँमा भएको रूसी आक्रमणले एउटा दुई तले घर र दुई वटा कार क्षतिग्रस्त हुनुका साथै गोदाममा आगलागी भएको उल्लेख गर्दै आगो बलिरहेको भवनको फोटो सार्वाजनिक गरेको छ।

युक्रेनको वायुसेनाले उत्तरबाट ब्यालेस्टिक हतियार प्रयोगको खतरा बारे चेतावनी दिँदै गर्दा राजधानीमा विस्पोट भएको एएफपीले जनाएको छ। सहरमा रातभर भएको आक्रमणमा चार जना घाइते भएको किएभको सैन्य प्रशासनले टेलिग्राम मार्फत जनाएको छ।

आक्रमणमा ब्यालेस्टिक मिसाइलको प्रयोगका कारण किएभमा हवाई आक्रमणको चेतावनी घोषणा गरिएको छ भने स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो। (रासस/एएफपी)