६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा
अ+ अ-

इलाम। मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली खण्डमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन ।

माथिबाट लेदोसहितको पहिरो खस्नुका साथै सडक भाँसिएपछि एक महिनायता अवरुद्ध रहेको सो सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

“पहिरो पन्छाएपछि भाँसिएका क्षेत्रमा पुरेर ग्राभेल गरी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “वर्षाका कारण दलदलमा काम गर्न सकिँदैन । तीन-चार दिन घाम लागेपछि मात्र काम सुरु हुन्छ, तर काम सम्पन्न नहुँदै पानी परेर पुनःभाँसिने समस्याले हैरानी बनाइरहेको छ ।” घाम लागेमा भाँसिएको स्थान पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी ड्रेन निर्माण गर्ने गरी सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले सडक खुलाउन प्रयास गरिरहेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सुरक्षाकर्मी, स्थानीयलगायतको सहकार्यमा प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । “सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “तर अलिकति पानी पर्नासाथ सडक भाँसिने प्रमुख समस्या छ ।”

सडक अवरुद्ध भएपछि एक महिनादेखि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद बनेको स्थानीय बताउँछन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका सवारीसाधन माइखोला वारिसम्म र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका सवारीसाधन माइखोला पारीसम्म आउने/जाने गरिरहेका प्रजिअ ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माइखोला पारिबाट वारी पहिरोमाथिसम्म र वारी पहिरोमाथिबाट माइखोलापारीसम्म करिब डेढ किलोमिटर यात्रुलाई पैदल आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माइखोला पारीसम्म पुर्‍याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका उहाँले बताउनुभयो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिरामी, अशक्त एवं ज्येष्ठ नागरिकलाई स्टेचरबाट बोकेर पहिरो प्रभावित क्षेत्रमा वारपार गर्न सहयोग गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

प्रहरी निरीक्षक देविदत्त मोतेको नेतृत्वमा १० जना प्रहरी आलोपालो गरी २४सै घण्टा पहिरो प्रभावित क्षेत्रमा खटिएको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले भने बिहानदेखि बेलुकासम्म समन्वय सहयोग गरिरहेका छन् । प्रहरीले सो क्षेत्रमा गत असार १७ गतेदेखि हेल्पडेक्स (सहायता कक्ष) स्थापना गरी सहयोग गर्दै आएको छ ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी-सिमलगोलाई सडकअन्तर्गत जोगमाइ खोलामा समेत पुल नभएकाले समस्या भइरहेको प्रजिअ ढकालले उल्लेख गर्नुभयो । घाम लागेका बेला अस्थायी डाइभर्सन निर्माण गरी सडक सञ्चालन गरिए पनि वर्षा हुनसाथ बाढीले डाइभर्सन बगाउने समस्याले इलामबाट झापा झर्ने कुनै वैकल्पिक सडक नभएको उहाँले बताउनुभयो ।

गत असोज १८ गतेको वर्षासँगैको पहिरोले अवरुद्ध भएको सो सडक १४ दिनपछि सञ्चालन भएको थियो । यसपटक भने उक्त सबैभन्दा बढी समय अवरुद्ध भएको हो ।

सडकका कारण उपभोग्य सामग्री महङ्गियो  

सडक अवरुद्ध भएपछि निर्माणसहित दैनिक उपभोग्य सामग्री महङ्गिएका छन् । सामान्य अवस्थामा झापाबाट इलामसम्म प्रतिकिलो रु दुई सयमा आउने सामान अहिले रु पाँच सयदेखि छ सयसम्म पुग्न थालेको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलेले बताउनुभयो । मेची राजमार्गमा ठूला सवारीसाधन कुद्न सकेका छैनन् । साना गाडीबाट सामग्री ल्याउनुपरेकाले ढुवानीमा महँगो पर्ने गरेको हो”, उहाँले भन्नुभयो ।

खाना पकाउने ग्यासको अभाव

पछिल्लो समय इलाममा खाना पकाउने ग्यासको अभाव देखिएको छ । यसअघि आधा सिलिण्डर ग्यास बिक्रीवितरण हुँदा उपभोक्तालाई केही सहज भए पनि पूरा सिलिण्डर आपूर्ति र्न थालेपछि बजारमा अभाव देखिएको स्थानीय प्रकाश नेपालले बताउनुभयो । ।

“आफ्नै घर हुनेले जसोतसो आगो बालेर भए पनि खाना पकाएर खान सक्छन् । तर कोठा भाडामा बस्ने विद्यार्थीलाई सबैभन्दा बढी समस्या परेको छ”, उहाँले भन्नुभयो, “नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेकाले वैकल्पिक उपायका रूपमा विद्युतीय चुलोसमेत चलाउन पाइएको छैन ।”  रासस