१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सासंद मनीष झाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही एक्लै नभएको जवाफ दिनु भएको छ ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्री शाहले एक्लै लड्नुपर्ने अबस्था आएको भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।

शाहलाई सामाजिक संञ्जाल मार्फत जबाफ दिदै झाले भन्नुभएको छ -जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन ।

उहाँले लेख्नुभएको छ ।

परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।