२३ श्रावण २०८३, शनिबार
,
Latest
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ अभियानको ६९१औँ हप्तामा यस क्षेत्रमा सरसफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको हो ।

पछिल्लो समय यस क्षेत्रमा नकुहिने फोहर बढेपछि गत हप्तादेखि यस क्षेत्रमा सरसफाइ हुँदै आएको छ । सफाइका क्रममा कुहिने फोहर भने यहीँ खाडल खनेर गाडिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सो अवसरमा वाग्मती नदी किनारमा विभिन्न जातका १५० बिरुवा रोपिएको छ ।

आज वाग्मती सफाइ अभियानका प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अन्य अभियानकर्मी, यस क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानका अभियानकर्मी, अधिकार सम्पनी वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह, नदी संरक्षण संस्थालगायत प्रतिनिधिहरूको सहभागिता थियो ।

अर्को हप्ता साउन ३० गते शनिबार पनि यही स्थानमा सफाइ गरिने जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा हुँदै आएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, चाडपर्व, वर्षा, जाडोजस्ता प्रतिकूल अवस्थामा पनि वाग्मती सफाइ अभियान जारी छ ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाले यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड, विभिन्न सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य मुख्य सहर, मुख्यमुख्य नदी र सम्पदास्थलमा पनि सफाइ अभियान सुरु भएको छ । हाल देशभर १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । रासस