२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको बिस्फोटक ईनिङमा नेपालले युएईलाई पाँच विकेटले हरायो



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ । जितको लागि युएईले दिएको एक सय ६५ रनको मध्यम लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लाागि दिपेन्द्र सिंह ऐरीले बिस्फोटक ईनिङ खेले । उनले १५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे ।

यस्तै, ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए । कुनैसमय २.१ ओभरमा ११/३ को स्थितीमा रहेको नेपाललाई आसिफ र कप्तान रोहित पौडेलले ९९ रनको साझेदारी गरे । रोहित ४२ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४७ रन बनाएर आउट भए । नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५(४५ रनको योगदान दिए ।यस्तै, आसिफ खानले १८ रन बनाउदा खालिद शाहले १२ रन बनाएका थिए ।

नेपालको लागि सोमपाल कामि र अविनाश बोहराले समान दुई विकेट लिएका थिए । यस्तै, करण केसी र गुल्सन झाले समान एक एक विकेट लिए ।

नेपाल यसअघि नै फाईनलमा पुगिसकेको छ । अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।