१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल



अ+ अ-

बागलुङ । नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो । 

उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । “संविधान, कानुनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन”, नेत्री अर्यालले भन्नुभयो ।

उहाँले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,  “संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।” 




भर्खरै