७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा न्यूजील्यान्डको लगातार चौथो जीत



अ+ अ-

काठमाडौँ । न्यूजील्यान्डले आइसिसी विश्वकप २०२३ अन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानलाई एक सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यसजितसँग न्यूजील्यान्डले प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । न्यूजील्यान्डले यसअघि इङ्ग्ल्यान्डलाई नौ विकेट पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बङ्गलादेशलाई ८ विकेटले हराएको थियो ।

जीतका लागि दुई सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ६२ बलमा एक चौकासहित सर्वाधिक ३६ रन बनाए । त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्यूजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन÷तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिए । त्यस्तै म्याट हेनरीले १ विकेट झारे । त्यसअघि भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल बनायो । न्यूजील्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।

त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे । उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए । विल योगले ५४ रन बनाए । उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई/दुई विकेट लिए । त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक/एक विकेट झारे ।