२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । उद्घाटन खेलमा कीर्तिमानी स्कोर बनाएको न्यूजिल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सलाई जितका लागि ३२३ रनको लक्ष्य दिएको छ ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनायो । टोलीका ओपनर विल योङले ७० रन, रचिन रविन्द्रले ५१ रन र टम लाथमले ५३ रनमा अर्धशतक बनाए भने डेरिल मिचेलले ४८ रन बनाए ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्त, पल भान मिकेरेन र रोएलफ भान डर मर्वेले समान २–२ विकेट लिए । बास डे लिडेले एक विकेट लिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रचिन रविन्द्रले आफ्नो एकदिवसीय करियर र विश्वकपमा लगातार दोस्रो अर्धशतक बनाए । रविन्द्रले ५१ बलमा ३ चौका र १ छक्का सहित ५१ रनको इनिङ खेले । उनलाई भान डेर मर्वेले आउट गरेका थिए

ओपनर विल योङले आफ्नो एकदिवसीय करियरको छैटौं अर्धशतक बनाए । उनी ८० बलमा ८० रन बनाएर आउट भए । उनले ८७.५० को स्ट्राइक रेटमा ७ चौका र २ छक्का प्रहार गर्दै रन बनाए ।

टस हारेर ब्याटिङमा आएको न्यूजिल्याण्डले उत्कृष्ट सुरुवात गरेको थियो । टोलीले १० ओभरमा विना विकेट गुमाएर ६३ रन बनाएको थियो । कोनवे र योङले अर्धशतकको साझेदारी गरे ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन यो खेलमा खेलिरहेका छैनन् । उनको स्थानमा टम लाथमले कप्तानी गर्दैछन् । विलियमसन आईपीएल–२०२३ को समयमा घाइते भएका थिए । उनी अझै पूर्णरुपमा निको भएका छैनन् । विलियम्सनले विश्वकपको उद्घाटन खेलमा पनि इंग्ल्याण्डविरुद्ध खेलेका थिएनन् । टिम साउथी पनि खेलिरहेका छैनन् । लोकी फर्ग्युसन फिर्ता भएका छन् ।