• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   ‘वेलकम टु द जंगल’बाट अलग भए सञ्जय दत्त ★   कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध ★   संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन् ★   जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूप सामना गरौँ: मन्त्री सुडी ★   नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्: राष्ट्रिय स्वतन्त्र पार्टी ★   पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ: मुख्मन्त्री अधिकारी ★   काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला ★   नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ: मन्त्री हुसैन ★   कोलकातासँगको लज्जास्पद हारपछि के भन्छन् हैदरावादका कप्तान कमिन्स ? ★   मिडिया ट्रायल र राज्यको सत्ता दुबै फौजदारी न्यायबाट पृथक रहनुपर्छ – डा संग्रौला

च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार



एजेन्सी । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनल फ्रेन्च क्लब लेन्ससँग २–१ गोलले पराजित भएको हो । पाहुना टोली आर्सनलले खेलको १४ औं मिनेटमा गाब्रियल जेससको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो ।

तर घरेलु मैदानमा खेलको २५ औं मिनेटमा एड्रियन थोमासनले र ६९ औं मिनेटमा एली वाहीले गोल गर्दै लेन्सलाई जित दिलाए । यो नतिजासँगै समूह बी मा लेन्स २ खेलमा ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा आर्सनल ३ अंकका साथ दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा सेभिया र पिएसभीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सेभिया २ अंकका साथ तेस्रो तथा पिएसभी एक अंकका साथ चौंथो स्थानमा रहेको छ ।

यसैगरी, गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा टर्कीस क्लब गालाटासारेसँग ३–२ गोलको हार ब्यहोर्यो । युनाइटेडका लागि खेलको १७ औं र ६७ औं मिनेटमा रासमस होज्लन्डले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पाहुना टोली गालाटासारेका लागि २३ औं मिनेटमा विल्फ्रेड जाहा ७२ औं मिनेटमा मुहमेद करिम अक्टरकोग्लुले र ८१ औं मिनेटमा मोउरो इकार्डीले गोल गरे ।

यो नतिजासँगै समूह ए मा गालाटासारे २ खेलबाट ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा अंकविहिन रहेको युनाइटेड तालिकाको पुछारमा छ ।