३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी

व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी
अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले नेपाली जनताको लामो संघर्ष तथा दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि विभिन्न पक्षबाट प्रहार भइरहेको बताउनुभयो ।

राजनीतिक प्रणालीमाथि संकट उत्पन्न हुँदा त्यसको प्रत्यक्ष असर व्यवसाय क्षेत्रमा समेत पर्ने उल्लेख गर्दै उहाँले व्यवसायीहरूलाई राजनीतिक विषयमा चासो राख्न र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि एकजुट हुन आग्रह गर्नुभयो ।

निधीले भन्नुभयो, “देशमा सात प्रदेश, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडासहितको ऐतिहासिक संरचना बनेको छ । यसको सफल कार्यान्वयन आजको आवश्यकता हो । तर राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अन्य कारणले संघीयता, लोकतन्त्र र समावेशितामाथि खतरा उत्पन्न भएको छ । राजनीति नेताहरूको मात्र विषय हो भनेर नठान्नुस्, यो तपाईंहरूको पनि प्रत्यक्ष सरोकारको विषय हो । प्रणाली नै रहेन भने कुनै पनि व्यवसाय सुरक्षित रहन सक्दैन ।”

कार्यक्रममा उहाँले सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएका समस्याबारे समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । सुनचाँदी व्यवसायीलाई ‘कालोबजारी’का रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको भन्दै उहाँले यस्तो दृष्टिकोण तत्काल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

सुनचाँदी व्यवसायीका लागि सहज, सुरक्षित र मर्यादित कानुन निर्माण गरी भयमुक्त वातावरणमा व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो । ग्राहकबाट फिर्ता लिएको वा व्यवसायीले खरिद गरेको सुन बैंकहरूले सहज रूपमा खरिद गर्ने उचित व्यवस्था हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

त्यस्तै, सुनचाँदी व्यवसायीप्रति रहेको नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादा कायम गर्नुपर्नेमा निधीले जोड दिनुभयो । बैंकिङ प्रणालीमा देखिने तरलता अभावले व्यवसायमा असर पारिरहेको उल्लेख गर्दै उहाँले बैंकिङ प्रणालीलाई थप व्यावहारिक र व्यवसायीमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

निधीले सुनचाँदी व्यवसाय देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई व्यवस्थित र सम्मानजनक रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।