७ भाद्र २०८३, आईतवार
,
Latest
रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन मौसमी महसुलको तयारी मकवानपुरको कैलाश गाउँपालिका र सिएमसी हस्पिटलबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धी सम्झौता लामो समय मोबाइलमा कुरा गर्दा श्रवण क्षमता कमजोर हुने जोखिम बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याविरुद्ध माईतीघरमा प्रदर्शनः दोषीलाई कडा कारबाहीको माग ईभीको तीव्र विस्तार र चार्जिङ पूर्वाधारको चुनौती देखाउँदै १८औँ ‘नाडा अटो साे २०२६’ उज्वेकिस्तानको चिकित्सा शिक्षामा चम्किदै नेपाली युवा डा. किसन भण्डारी व्यवसायी सक्रिय नभए संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्न सक्छ : निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले लिभरपुललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले लिभरपुललाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए ।

अन्तिम समयतिर खेल सकिनै लाग्दा लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरे । उक्त गोलले नै टोटेनहम २–१ गोलले विजयी बन्यो । टोटेनहमका पेड्रो पोर्रोले क्रस गरेको बलमा उनले आत्मघाती गोल गर्न पुगे ।

यता, खेलको २६ औं मिनेटमा कर्टिस जोन्स र ६९ औं मिनेटमा डिओगो जोटाले रातो कार्ड खाँदै बाहिरिएपछि लिभरपुल ९ खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै टोटेनहम ७ खेलबाट १७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल समान खेलबाट १६ अंकका साथ तालिकाको चौंथो स्थानमा छ ।