१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

निरस र बेवारिसे बन्यो संविधान दिवस

निरस र बेवारिसे बन्यो संविधान दिवस
अ अ+ अ-

काठमाडौँ । आज नवौँ संविधान दिवश । सरकारले टुँडिखेलमा औपचारिक समारोह गरेर संविधान दिवस मनाएको छ ।

देशभर पनि संविधान दिवस मनाउन विविध कार्यक्रम गर्न सरकारले उर्दी जारी गरेको छ । त्यस्तै सरकारी निकायलाई पनि साँझ दिपावली गर्न सरकारले उर्दी जारी गरेको छ ।

सोही बमोजिम पारम्पारिक दिवस मनाउने अरुजस्तै संविधान दिवसका लागि पनि टुँडीखेलमा सरकारी मान्छे आए । नवौँ संविधान दिवशको समारोह सुरु भएको घोषणा गरियो र भाषण गरियो ।

सर्वसाधारण जनताले भने यसअघिजस्तै टुँडिखेल बाहिर उभिएरै रेलिंगबाट दिवसको कार्यक्रम हेरे । तर आज निरश थियो संविधान दिवस । देशले यो दिवस मनाइरहँदा देशमा न प्रधानमन्त्री छन् नत संसदका सभामुख नै । प्रधानमन्त्री अमेरिका र सभामुख आयरल्याण्ड छन् । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्न अमेरिका पुगेका छन् । जबकी यो सम्बोधन गतवर्ष परराष्ट्र सचिवले गरेका थिए भने त्यो भन्दा अघिल्लो वर्ष मन्त्रीले । संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्न अब देशका प्रधानमन्त्री तथा राष्टपतिहरु जाने प्रचलनमा अब धेरै कमी आएको छ । अहिले नै पनि धेरै देशका गएका छैनन् ।

संविधान जारी गर्ने पूर्व राष्ट्रपति डा रामबरण यादव विरामी छन् । उनी वीर अस्पताल भर्ना भएका छन् । यो संविधान निर्माणमा ठूलो भूमिका निर्वाह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको १३ दिन पुगेको छैन । यतिखेर संविधान सभाका दिन उनको पनि देशभरि स्मरण भइरहेको छ । उता संविधान जारी गर्ने प्रधानमन्त्री सुशील कोइराला पनि हामी बीच छैनन् । उनको पनि आजका दिन स्मरण भएको छ ।

टुँडिखेलमा जारी संविधान दिवस कार्यक्रमलाई कार्यबाहक प्रधानमन्त्रीले सम्बोधन गरेका छन् । यो हाम्रो राष्ट्रिय दिवस हो र वर्षेनि मनाउने गरिन्छ । तर यो थाहा भएपछि मिल्नेसम्मका कार्यक्रमहरुलाई छोटाएर या कटाएर मुलुकको कार्यकारी प्रधानमन्त्री समारोहमै बस्नुपर्दथ्यो । तर विदेश भ्रमणमा जान पाएपछि नेपालका नेताको मन लोभिने त पुरानै परम्परा हो, त्यसले अहिले पनि निरन्तरता पायो ।

यसैकारण कर्मकाण्डी र पारम्पारिक बन्यो संविधान दिवस । भव्य हुनुपर्ने राष्टिय दिवसको निरशपना नेपाली जनताले आजका दिनमा महसुस गरेका थिए ।