• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको छ: प्रधानमन्त्री दाहाल



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उहाँले सुन तस्कारीका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको बताउनुभयो ।

उहाँले यसअघि गत भदौ ६ गते सत्तापक्ष र नेकपा एमालेबीच सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको सदनलाई जानकारी गराउनुभयो ।

फोटो- प्रदिपराज वन्त