१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

‘तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाऔै ’

‘तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाऔै ’
अ अ+ अ-

दाङ ।  हरितालिका तीज  नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । यहाँका बजारमा विशेषगरी  कपडा,  चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भिड लाग्ने गरेको छ ।

तुलसीपुर बजारमा फेन्सी कपडाको पसल गदै आउनु भएकी ३६ वर्षीय शारदादेवी ओलीले भन्नुभयो,“एक हप्ता भयो बजारमा चहलपहल बढेको अहिले किनमेलका लागि बिहानैदेखि गाउँगाउँबाट सर्वसाधारण पसलमा आउने गरेका छन् कपडा बेच्न भ्याइनभ्याइ छ ।”

गत वर्ष बिरामी परेकाले तीजमा रमाइलो गर्न पाइएन, यसपटक भने साथीसँग बसेर नाचगान गर्ने, शिव मन्दिरमा  पूजा गर्ने  योजना बनाएको उहाँको भनाइ थियो  । उहाँले तीजको लागि आवश्यकपर्ने कपडा, चुरा, टीका, पोते तथा खाद्यन्न सामग्री  किनिसकेकोसमेत जानकारी दिनुभयो । तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले विगतका वर्ष भन्दा यसपटक राम्रो व्यापार व्यवसाय भएको सुनाउनुभयो । उहाँले भन्नुभयो,“ अहिले चाडपर्व नजिकिएसँगै बिहानैदेखि समान बेञ्च भ्याइनभ्याइ  छ । सामान बिक्री गर्दा तीजको रौनक झल्किने गरेको छ ।” तीज पर्व नजिकिँदै गर्दा जिल्लाका विभिन्न सङ्घ संस्थाले दर खाने, तीज मिलन जस्ता  कार्यकम  आयोजना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन र प्रेस चौतारीको महिला विभाग दाङले  तीज मिलन सम्पन्न गरेका छन् । ती  कार्यक्रममा बोल्ने अगुवा  पत्रकार महिलाले तीजलाई सामाजिक सद्भाव कायम राख्नेगरी मनाउन सुझाव दिएका छन् । उनीहरुको एउटै स्वर थियो, तीजलाई तडककभडक गरेर होइन सरल, सहज र सभ्य रुपले मनाउनु पर्छ । उनीहरुले पर्वका सकारात्मक पक्षलाई आत्मसाथ गदै यसलाई सामाजिक पर्वका रुपमा लिई यसको मौलिकता र सामाजिक सद्भावलाई बचाइ राख्न आवश्यक रहेको बताएका थिए । जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा जम्मा गराई भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा समावेशले  समाजमा सकारात्मक सन्देश जाने जनाउँदै उपस्थित पत्रकार महिलाले निष्कर्ष  निकालेका थिए ।

परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४६ वर्षीया राधा रजौरेले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यस पर्वलाई देखासिकि र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

तुलसीपुर उपमहानगरपालिका–५ की ४४ वर्षीय नीरा ढुङगानाले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्छ भन्नुभयो ।

उहाँले तीज सरल रुपमा मनाउने गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–५ का महिला उद्यमी  विमला शर्माले तीज पर्व हाम्रो आफ्नै विशेषता बोकेको  मौलिक पर्व रहेकाले यसलाई सबैले हाँसीखुसीका साथ सहज तरिकाले मनाउनुपर्ने बताउनुहुन्छ ।

उहाँले तीज आउन एक हप्ता बाँकी रहँदा जनचेतनामूलक कार्यक्रम आयोजना  गरी दर खाने तथा  तीज मनाउने तरिकाको विकास भए राम्रो हुने विचार राख्नुहुन्छ । तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो उहाँले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका– ६की  ५२ वर्षीया सुशीला भट्ट्राईले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने चिन्ता लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको  छु ।” कोहलपुर निवासी ४४ वर्षीया कालिका रेग्मीले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो “तीज पर्वमा चेतनामूलक, सरसफाइ, जागरणका गीत गाउने, वृहत् सरसफाइ जस्ता कार्यक्रम गर्ने  भएमा  राम्रो हुन्छ ।  तीज पर्वका सकारात्मक पक्षलाई अनुशरण गदै हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्छ ।”

नारायणी रजौरे/ रासस