२७ मंसिर २०८२, शनिबार
,
Latest
राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई विपद् व्यवस्थापन प्रभावकारी बनाउन ‘स्वयंसेवक तालिम’ नेपाली राजदूतावासद्वारा धावक सनमाया बुढा र रनमाया बुढालाई सम्मान निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबिया बाढीमा ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो



अ+ अ-

एजेन्सी । पूर्वी लिबियामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ ।

लिबियाका अधिकारीहरूका अनुसार १५ हजारभन्दा बढी मानिस बेपत्ता छन् । सात सय शव मात्रै पहिचान भएका छन् ।

ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आएपछि दुई वटा नदीका बाँध भत्किएर यसबाट सिंगो सहर ध्वस्त भएको छ ।

उद्धार कार्यमा संलग्न १२३ सैनिकको अवस्था थाहा लागेको छैन । यही कारण अहिले सेना पनि असहाय देखिन्छ । देशका छनोट गरिएका विमानस्थलहरू त्यहाँ कुनै भारी वा कार्गो विमान अवतरणका लागि उपयुक्त छैनन् । यही कारणले गर्दा यहाँ सहयोग उपलब्ध गराउन कठिन भइरहेको छ ।

मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।