४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वेलकम ३’ मा नपरेपछि के भन्छन् नाना पाटेकर ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता नाना पाटेकर राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता विवेक अग्निहोत्रीको आगामी फिल्म ‘द भ्याक्सिन वार’ मा देखिने भएका छन् ।

हालै यस फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका नानाले सञ्चारकर्मीसँग कुराकानी गरे । यस अवसरमा अभिनेताले ६ वर्षपछि कमब्याक भएको ‘वेलकम–३’ को हिस्सा नबन्नेबारे कुरा गरे ।

कार्यक्रममा नानालाई उनको कमब्याकको बारेमा सोध्दा उनले भने, ‘फिल्म इन्डस्ट्री कहिल्यै मेरो नजिक थिएन । यसले तपाईको अनुहारमा ढोका कहिल्यै बन्द गर्दैन । यदि तपााई राम्रो काम गर्न चाहनुहुन्छ भने मान्छेहरु आएर काम दिनेछन् । त्यो काम गर्ने वा नगर्ने निर्णय गर्ने कुरा तपाईमा निर्भर छ । मलाई लाग्छ कि यो मेरो पहिलो र अन्तिम मौका हो र मैले यसमा धेरै जीवन लगाउनुपर्छ । यहाँ सबैले काम पाउँछन् । जागिर लिने वा नलिने यो तपाइँको छनौट हो ।’

वेलकम सिरिजको तेस्रो फिल्ममा कास्ट नगरिएकोमा नानाले भने, ‘म यसको हिस्सा होइन । सायद निर्माताहरूले म धेरै बूढो भएको महसुस गरे । तर, विवेक अग्निहोत्रीले त्यस्तो महसुस गरेनन् र मलाई उनको फिल्म (द भ्याक्सिन वार)मा कास्ट गरे ।’ वेलकम सिरिजका अघिल्ला दुई भागमा नानाले डन उदय शेट्टीको भूमिका निर्वाह गरेका थिए ।