६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

करिब ३८ हजार ग्यास वितरणः सुर्खेतमा अभाव कायमै

करिब ३८ हजार ग्यास वितरणः सुर्खेतमा अभाव कायमै
अ+ अ-

कर्णाली। विगतमा प्रतिमहिनामा २०-२६ हजारले पुग्ने सुर्खेतमा साउनको २० दिनमा ३८ हजार ५०० ग्यास वितरण भइसकेको छ । उपभोक्ता भने ग्यास नपाएको भन्दै लाइन बस्न छोडेका छ्रैनन् ।

यहाँका केही उपभोक्ताले आज ग्यास सकिएकाले चुलो नबलेर खान नपाएको गुनासो गर्नुभयो । दैलेख घर भई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतस्थित चन्दननाथ प्राविधिक विद्यालयमा अध्ययन गर्दै आउनुभएका उमेश शाहीले दुई दिनदेखि ग्याँस नपाएर चाउचाउ खान बाध्य भएको गुनासो पोख्नुभयो ।

उमेश जस्तै लाइन बस्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई सास्ती भएको छ । उपभोक्ता राति २ः०० बजेदेखि खाली ग्यास लिएर डिलरमा पुग्छन् । ग्यास पाउन उपभोक्ता २७ घण्टासम्म कुर्न बाध्य भएका उमेशले बताउनुभयो ।

विगतमा जस्तो जतिबेला चाह्यो सजिलै ग्यास पाउने अवस्था छैन । हुने खानेसँग ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् । सहरमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था छैन । ग्यासमा निर्भर हुनेहरूले यसको अभावमा समस्या झेल्दै आएका छन् । ग्यास पाउँदा उनीहरूलाई जीवनको सबैभन्दा ठूलो युद्ध जितेको महसुस हुने गर्दछ ।

वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेतका मिना खत्रीले ग्यास पाउँदा ठूलो लडाइ जिते झै भएको बताउनुभयो । “चुलो नबलेका कारण यो बीचमा धेरैले चाउचाउ, बिस्कुट र चिउरा खाएर गुजारा चलायौँ । मैले पनि त्यो बाध्यता भोग्नुपर्‍यो । आज बल्लतल्ल ग्यास पाएकी छु । अब चुलो बल्नेमा ढुक्क भइयो । सरोकार भएका निकायले प्रभावकारी रूपमा बजार अनुगमन गरी विगतमा जस्तै सहज तरिकाले ग्यास पाउने अवस्था निर्माण भने गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

उहाँ जस्तै अधिकांश पहुँचविहीनले ग्यास नपाएर धेरै दिन भोकभोकै बस्नुपर्ने अवस्था सामना गर्दै आएका छन् । यसबाट धेरैजसो विद्यार्थी, ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी प्रभावित भएका मिनाको बुझाइ छ । “पहुँच भएकाहरूले विभिन्न स्रोतबाट ग्यास लिएर आफ्नो दैनिक चलाए पनि सिधासादालाई चुलो बाल्न हम्यहम्य भएको छ”, वीरेन्द्रनगर नगरपालिका-४ का स्थानीय रामप्रसाद पाण्डेले दुखेसो पोख्नुभयो ।

यसैबीच, ग्यास अभावको समस्या बुझ्न कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको संयोजकत्वमा नेपाल आयल निगम, जिल्ला प्रशासन, प्रहरी, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय उपभाक्ता मञ्चसहितको टोलीले बुधबारदेखि आजसम्म नियमित बजार अनुगमन गरेको छ ।

उक्त टोलीले ग्यासको परिमाण, तोकिए बमोजिम मूल्य तथा तौल र व्यवस्थित वितरण भए/नभएकोबारे अनुगमन गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतस्थित सगरमाथा ट्रेडर्स एण्ड अर्डर्स, न्यू सुदिक्षा ट्रेडर्स एण्ड सप्लायर्स, सिञ्जा अर्डर एण्ड सप्लायर्स, मन सप्लायर्स, न्यू मिना ट्रेडर्स, न्यू भैरव सप्लायर्स र कार्की स्टोर्स सुर्खेतमा अनुगमन गरेको र वितरण कार्य बिगतभन्दा व्यवस्थित भएको छ ।

नेपाल आयल निगम सुर्खेतका सूचना अधिकारी रामकुमार केएमले विगतमा आधा ग्यास सिलिण्डर वितरण गर्दा छिट्टै सकिनुका साथै बजारमा अभाव बढ्न सक्छ भन्ने उपभोक्ताको त्रासले एकै महिनामा ठूलो परिमाण आपूर्ति गर्नुपरेको बताउनुभयो । वीरेन्द्रनगर उपत्यका बाहिर ग्यास धेरै गएकाले यो अवस्था आएको भन्दै साउनको आपूर्तिले अर्को महिना ग्यास अभाव नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सूचना अधिकारी केएमका अनुसार हाल सुर्खेतमा १४ दशमवलव दुई किलोका भेरी, राप्ती, नेपाल ग्यास कर्णाली, मनकामना, रेडियन्ट र सैपाल ग्यास रु दुई हजार ६० मा बिक्री वितरण गर्ने गरी अधिकृत बिक्रेतालाई निर्देशन गरिएको छ । उहाँले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीमा प्राथमिकता राखेर ग्यास वितरण गर्न निर्देशन दिइएको बताउनुभयो । रासस